• २०८२ जेठ १७ शनिबार
  • Saturday, 31 May, 2025

एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।

उनकी पत्नी विमला महतको गए राति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । लामो समयदेखि बिरामी विमलाको आज राति निधन भएको हो ।

पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका छन् । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने दुर्लभ रोगबाट ग्रसित थिइन् ।

पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो । लालबाबु र विमलाबीच विवाह हुँदा विमला ललितपुरको सैंवु गाविस–४ को वडाध्यक्ष थिइन् ।

लालबाबु भने पूर्णकालीन राजनीतिमा थिए । उनीहरूको विवाह पार्टीकै आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा भएको हो ।

यो रोगले मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, रोगले च्यापेको बेलामा भर्खर जन्मेको बच्चा जस्तै लल्याकलुलुक हुने समस्या गराएको थियो । श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा एकदमै कम उपस्थित हुने गरेका थिए । उनी श्रीमती स्याहारेर बसेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर