• २०८२ जेठ १७ शनिबार
  • Saturday, 31 May, 2025

गृहमन्त्री लेखकको राजीनामा माओवादीकाे बटमलाईन

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामीले यो विषय उठाइसकेका छौं । अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले सुनाए । तर, एमाले-कांग्रेसका शीर्ष नेताले गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।

पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २० गतेपछि निरन्तरता दिने निर्णय गरेको हो। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठक केहीबेर अघि सकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए। 

‘आजको बैठकमा धेरै विषयमा छलफल भएन,’ पुनले नेपालखबरसँग भने, ‘पार्टीले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानलाई यही वैशाख २० २१ पछि पुनः निरन्तर अघि बढाउनेसहित केही निर्णय भएका छन्।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर