• २०८२ जेठ १८ आइतबार
  • Sunday, 1 June, 2025

दरवारमार्गमा निषेधाज्ञापछि राजावादीको आजको प्रदर्शन कहाँ ?

काठमाडौं । स्थानीय प्रशासनले नारायणहिटी आसपास क्षेत्रलाई निषेधित घोषणा गरेपछि हिजोदेखि अनिश्चितकालीन आन्दोलन थालेका राजावादीहरुले प्रदर्शनको रणनीति हेरफेर गरेका छन् ।

सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइदिएपछि राजावादीहरूको शनिबारको आन्दोलन प्रभावित बन्ने भएको हो । राजावादीहरुले सरकारले निषेधित क्षेत्र घोषणा गरे पनि आन्दोलन नरोकिने तर, निषेधित क्षेत्र भने नतोडिने नेताहरुले जनाएका छन् ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले आन्दोलन स्थगित नहुने जानकारी दिंदै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने नीति अहिले नभएको जानकारी दिएका छन् । 

उनले दरवारमार्ग नजिक प्रहरीले जहाँ रोक्छ, त्यहीं प्रदर्शन गर्ने जानकारी दिए । उनले आफूहरूले भद्र एवम् शान्तिपूर्ण आन्दोलन गरिरहँदा सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।

बर्तौलाले भने, ‘हामीले आन्दोलन गर्ने भनेकै ठाउँमा सरकारले निषेधाज्ञा लगाउनुमा गलत नियत देखियो । सरकारको यो सर्वसत्तावादी व्यवहारको हामी भत्र्सना गर्छाैं । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ ।’ सरकारले अनावश्यक दमन गर्न खोजे अप्रिय स्थिति आउन सक्ने चेतावनी उनले दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर