• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि: यी हुन् चर्चामा रहेका उम्मेदवार

काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएल, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

आइतबार दिउँसो १२ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ। 

संगठनको नयाँ नेतृत्व चयन गर्दै आगामी मंगलबार सम्मेलन सम्मेलन सम्पन्न हुने वाईसीएलका नेताहरुले बताएका छन्। 

सम्मेलनमा देशभरबाट २ हजार भन्दै प्रतिनिधि तथा पर्यवेक्षक सहाभागी हुँदैछन्। हुनेछन्। २०७४ मा दोस्रो सम्मेलन गरेको वाईसीएलले आठ वर्षपछि तेस्रो सम्मेलन गर्न लागेको हो। 

वाईसीएलमा अध्यक्ष शेर्पाली बिदा हुने भएपछि अध्यक्षका १३ जनाले आजको पदाधिकारी बैठकमा घोषणा गरेका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि अन्तिममा दुईपक्षीय भिडन्त हुने देखिन्छ ।  अहिले अध्यक्षको दाबेदारमा केयरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, डम्बर पुलामी, प्रेम श्रेष्ठ, गणेश शाही, ठाकुर सौराग र माधव बस्नेत छन् । तीन जना नेताले आआफ्नो पक्षबाट वाईसीएलको नेतृत्वमा ल्याउन चाहन्छन् । 

यसमा इन्चार्ज रामप्रसाद सापकोटाको भूमिका महत्त्वपूर्ण हुने उनले कसलाई अगाडि सार्ने भन्ने कुरा महत्त्वपूर्ण हुने बताइन्छ ।

उपाध्यक्षमा नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, अखिल शाही, सुनिल सुनार, मोहित विक, अनु कुँवर र गणेश शाही, अविलास लामा, शर्मिला तामाङ, अर्जुन साउदलगायतले दाबी गरेका छन् । उपमहासचिवमा पनि शिला नेपाली, अनन्त प्रकाश श्रेष्ठ, सानन अधिकारीले दाबी गरेका छन् । 

वाईसीएलकाे  पहिलो राष्ट्रिय सम्मेलन २०७९ सालमा प्रज्ञा भवनमा भएको थियो । उक्त सम्मेलनबाट गणेशमान पुन अध्यक्ष र दिलीप प्रजापति महासचिव भएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर