• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

कमल थापालाई रिहाइ नगरे थप आन्दोलन घाेषणा गर्ने राप्रपाको चेतावनी

काठमाडौं । नेता कार्यकर्ता पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाण्डौंमा भएको हस्तक्षेपप्रति विराेध गरेकाे छ ।

`प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा.दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ,´ राप्रपा प्रवक्ता माेहन श्रेष्ठले भजे ।

`राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसंग माग गर्दछ। गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ´श्रेष्ठले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर