• २०८२ जेठ २१ बुधबार
  • Wednesday, 4 June, 2025

आज संघीय संसद: गृहमन्त्रीको राजीनामा नआएसम्म अवरोध गर्ने प्रतिपक्षीको अडान

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ, जसमा प्रतिनिधिसभा बिहान ११ बजे र राष्ट्रियसभा दिउँसो १:१५ बजे बस्नेछन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको अनुमानमा छलफलको प्रस्ताव पेश गर्नेछन् भने राज्यव्यवस्था समितिले निजामती सेवा विधेयक पेश गर्नेछ।

राष्ट्रियसभामा भन्सार विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल हुनेछ, जसमा संशोधन प्रस्ताव पनि प्रस्तुत हुनेछ।

काठमाडौँ। आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ । 

प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । 

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ । 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ । 

संसद बैठकअघि विपक्षी दलहरुको संयुक्त बैठक पनि बस्दैछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर