भिजिट भिसा काण्डबारे संसदीय समितिमा बोल्न मानेनन् गृहमन्त्री लेखक

काठमाडौं । संसदमा बोल्नका लागि समय मागिरहेका गृहमन्त्री रमेश लेखकले मिनि पार्लियामेन्ट मानिने संसदीय समितिमा भने भिजिट भिसा काण्डबारे बोल्न अस्विकार गरेका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था समितिको आज विहान बसेको बैठकमा उनले सांसदहरुका जिज्ञासाको जवाफमा यस विषयमा संसदकै बैठकमा बोल्न भन्दै समितिमा बोल्न मानेनन् ।
लेखककाे सचिवालयमै रहेका कर्मचारीहरू मानव बेचविखन कै नयाँ स्वरूप रहेकाे भिजिट भिसा प्रकरणमा मुछिए पछि अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले छानविन गरिरहेकेा छ ।
उनले राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले यस्तो बताएका हुन् ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए । सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो ।
उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा नलाग्न उनले चेतावनी दिए ।
प्रतिकृया दिनुहोस