राजावादी अभियान भित्रै विभाजनः नवराज सुवेदीले आन्दोलन घोषणा गर्न खोज्दा हो–हल्ला

काठमाडौं । राजा फर्काउन भन्दै केही दिन यता सडक आन्दोलनमा होमिएका विभिन्न राजावादी राजनीतिक दल तथा शक्तिका बीचमा असन्तुष्टि बढ्न थालेको छ । यस अघि आन्दोलन संयोजक नवराज सुवेदीले उपत्यका बन्द घोषणा गर्दा रापापाले साथ दिएको थिएन ।
आज आन्दोलन घोषणाका लागि भन्दै आयोजना गरिएको कार्यक्रममा पनि होहल्ला भएको छ ।
सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन 'जनआन्दोलन' गर्दै आएको थियो। आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाललगायतले समर्थन जनाएका थिए।
आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणाको तयारी थियो। त्यसका लागि समितिले सुझावसमेत मागेको थियो। तर बैठकमा हो-हल्ला भयो।
सुवेदी नेतृत्वमा रहेको 'संयुक्त जनआन्दोलन समिति' को बैठक हो-हल्लापछि कुनै निर्णयमा नपुगेर स्थगित भएको छ। संयोजक सुवेदीले छिट्टै आन्दोलनका कार्यक्रम ल्याउने प्रतिबद्धतासहित आजको कार्यक्रम सकिएको बताएका हुन्।
सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन 'जनआन्दोलन' गर्दै आएको थियो। आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाललगायतले समर्थन जनाएका थिए।
आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणाको तयारी थियो। त्यसका लागि समितिले सुझावसमेत मागेको थियो। तर बैठकमा हो-हल्ला भयो।
बैठकमा राप्रपा अध्यक्ष कमल थापाले बोल्न खोजेका थिए। आफ्नो कुरा नसुन्ने र हो-हल्ला गरिराख्ने हो भने आफू नबोल्ने थापाले बताएका थिए। आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने उपस्थित थिएनन् ।
बैठकमा उपस्थित कतिपयले राप्रपा अध्यक्ष लिङ्देन अनुपस्थित हुनुलाइ पनि रहस्यका रुपमा हेरेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनको माग गर्दै राजावादीहरुले जेठ १५ गतेदेखि आन्दोलन सुरु गरेका थिए। एक साताका लागि तय भएको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम घोषणा गर्न बैठक आयोजना गरिएको हो।
प्रतिकृया दिनुहोस