• २०८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025

प्रचण्ड र माधवकुमार लगातार दाेस्राे दिन वार्ताः सहकार्य कि एकता ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच लगातार दाेस्राे दिन छलफल भएको छ ।

हिजाे मात्रै प्रचण्ड नेता नेपाल भेट्न उनकाे निवास काेटेश्वर पुगेका थिए ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार छलफलमा भएकाे हाे । छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहभागी छन् । 

एकीकृत समाजवादीबाट नेपालसहित वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन् । 

शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले बताएको छ ।

यी दुइ दलबीच राजनीतिक मुद्दामा सहकार्यदेखि दिर्घकालिन हिसावले एकता गर्नेसम्मका छलफल भएका छन् । तर प्रकृया अघि बढेकाे देखिएकाे छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर