• २०८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025

माओवादी अन्तरकलह बारे जनार्दनले भनेः आफ्नो अनुकूल व्याख्या नगराैं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रकाे अन्तर्संघर्ष र देखिएका चासाेबारे सार्वजनिक टिप्पणी गरेका छन् ।

पछिल्लाे चरणमा उनले अध्यक्ष प्रचण्डलगायत कम्युनिष्ट प्रधानमन्त्रीबारे गरेका टिप्पणी र प्रचण्डले घुमाउराे भाषामा गरेकाे प्रतिटिप्पणीबारे माअेावादीकै नेता, कार्यकर्ताले धारणा राखेका थिए ।

पार्टीबारे विभिन्न माध्यमबाट भइरहेको टिका टिप्पणीप्रति शर्माले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न समेत उनले आग्रह गरेका छन् । 

‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु’, उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर