• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

एशियन पेन्ट्स Kaleidoscope २०८१-८२ पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन पेन्ट्सले २१ जेठ २०८२ मा होटल मेरियट, काठमाडौंमा एक भव्य समारोहबीच १२औं Kaleidoscope –  नेपाल वास्तुकला तथा आन्तरिक डिजाईन प्रतियोगिता २०८१-८२ को पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

यो प्रतियोगिता नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहवर्द्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यका साथ आयोजना गरिएको हो।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने किर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्ण मान डंगोल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

सो अवसरमा देशभरका प्रतिष्ठित आर्किटेक्चरल कलेजका वरिष्ठ प्राध्यापकहरू, पूर्व विजेता, प्रतियोगितामा सहभागी विद्यार्थीहरू तथा ख्यातिप्राप्त आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको समेत उपस्थिति थियो।

प्बभिष्मयकअयउभ प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था र उद्योगबीच सहकार्य गर्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सृजनशीलता, र पेशागत तयारीमा सशक्त बनाउनु हो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई वास्तविक परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै तिनीहरूको क्षमता उजागर गर्न मद्दत पुर्याउँछ।

यस वर्षको प्रत्यक्ष परियोजना (live project) किर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो। उक्त परियोजनामा सहभागीहरूले नवीनतम डिजाइन सिद्धान्तहरू प्रयोग गरी स्थायित्व, कार्यक्षमता र स्थानीय सन्दर्भको सम्मान गर्ने चुनौती सामना गरे।

एशियन पेन्ट्सले शैक्षिक र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै युवाहरूलाई सिर्जनात्मक चुनौतीहरू मार्फत सशक्त बनाउन निरन्तर प्रयत्न गर्दै आएको छ। Kaleidoscope को १२औं संस्करणले पुनः एकपटक युवा प्रतिभालाई सम्मान गर्ने तथा उद्योगसँग जोड्ने एक सफल प्रयासको रूपमा चिनिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर