• २०८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025

नबिल बैंकले पायो एसिया–प्रशान्त क्षेत्रको ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

काठमाडौं । नबिल बैंकले एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्राप्त गरेको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो प्रतिष्ठित पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ ।

विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्याङ्कनका आधारमा प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ। कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर