• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

सहमति नभई चलाउन खोजेपछि विपक्षीले अवरोध गरे प्रतिनिधि सभा 

काठमाडौं । असहमति रहेको विषयमा सत्ता पक्ष र विपक्षबीच राजनीतिक सहमति नभईकन संघीय संसदको प्रतिनिधि सभा चलाउन खोजेपछि प्रमुख प्रतिपक्षी दल लगायतले अवरोध गरेका छन् । 

प्रतिनिधिसभाको दिउँसो १ बजे बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरु भएको थियाे । बैठकमा विपक्षी दलहरूले उभिएर विरोध गरे । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयकै कर्मचारी तानिएकाे भन्दै उनकाे राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बोलाइए पनि विपक्षी दलहरूले उठाएका विषयमा सत्तापक्ष सहमत नहुँदा र विपक्षी दलहरू आफ्नो अडानबाट पछाडि नहट्दा अवरोधको अवस्था आएको हो ।

संसद्मा आफ्ना धारणा राख्नका लागि गृहमन्त्री लेखकले समय माग गरेका छन् । विपक्षले भने कि गणतन्त्रपछि अहिलेसम्मका सबै गृहमन्त्रीबारे छानविन थाल्नुपर्ने कि लेकले राजीनामा दिनुपर्ने अडान राखेका छन् । सत्ता पक्ष भने यी दुवै विकल्पमा जान तयार देखिएकाे छैन ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर