• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

वाईसीएलको अध्यक्षमा पुष्प ओली

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली चुनिएका छन् । 

शुक्रबार वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमार्फत् सहमतिमा उनी नेतृत्व चयन भएको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले बिहीबार निर्वाचन कार्यतालिका अघि बढ्न सकेको थिएन। शुक्रबार दिउँसो भने वलीलाई वाइसिएल अध्यक्ष बनाउने सहमति भएको हो।

त्यस्तै कालिकोटका गणेश शाही महासचिव हुने भएका छन्। शाही पनि अध्यक्ष कै दाबेदार थिए । 
शुक्रबार वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमार्फत् सहमतिमा नेतृत्व चयन भएको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले बिहीबार निर्वाचन कार्यतालिका अघि बढ्न सकेको थिएन। शुक्रबार दिउँसो भने वलीलाई वाइसिएल अध्यक्ष बनाउने सहमति भएको हो।

त्यस्तै कालिकोटका गणेश शाही महासचिव हुने भएका छन्।

अध्यक्ष एवं पदाधिकारीमा नाम सहमति भए पनि घोषणा हुन बाँकी रहेको छ । 

वाइसिएल अध्यक्ष चुनिएका वली २०५७ सालदेखि नै तत्कालीन नेकपा (माअ‍ोवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा थिए।

सशस्त्र संघर्षको क्रममा उनी २०६१ सालमा गण्डक क्षेत्रमा सरूवा भएका थिए। २०६१ सालमा उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहले गराएको नगर निर्वाचन विफल बनाउन बम बनाउँदा पड्किएर घाइते समेत भएको माओवादीका नेता–कार्यकर्ता बताउँछन्।

२०६३ सालमा जिल्ला समिति सदस्य बनेका उनी पार्टी कामका लागि काठमाडौं स्थानान्तरण भएका थिए।

वली २०६३ सालमा वाइसिएलको भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य थिए। २०७४ सालमा रामप्रसाद सापकोटा वाइसिएल अध्यक्ष हुँदा उनी सचिव थिए। २०७९ सालमा उपमहासचिव तथा प्रचार विभाग प्रमुख बनेका थिए।

वली २०४३ पुस ७ गते दाङको पवननगरमा जन्मिएका हुन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर