आजको राशिफल: स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुने

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । परिवारका साथ खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यातित हुनेछ । तर पनि गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले प्रतिस्पर्धामा अरू भन्दा पछि परिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती, वैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरू सक्रिय रहनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । प्रविधिको अधिकतम प्रयोग मार्फत दैनिक काम सञ्चालन गर्न सकिनेछ । परिवारका साथ अधिकांश समय व्यातित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । खाद्यान्न, बिलासी सामान तथा टेक्निकल क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा परिवारका साथ रमाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घटना नहोला भन्न सकिन्न । दाजुभाइ तथा आफन्तको असहयोगले काम रोकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवरका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्त तथा साथीभाईसँगको भेटघाटमा रमाइलो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका बस्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागर मा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । तर पनि विदेशी सामानको व्यापार बढ्नेछ । अध्ययन वा कामको सवालमा विदेश यात्राको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैतृक धन तथा सम्पत्तिको प्रयाग गरी आम्दानी गर्न सकिनेछ । व्यापारबाट नाफा कमाउन सकिनेछ । आफन्तसँग भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । परिवारका आवश्यकता, इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । तर पनि खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सवारी साधन चलाउँदा वा प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउँदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि भने जस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडधुप गर्नु पर्नेछ । तर पनि प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययन अनुसन्धानमा समय खर्च गरी नतिजा आफैतिर ल्याउन सकिनेछ । मातापिताबाट सहयोग तथा आशीर्वाद प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
प्रतिकृया दिनुहोस