• २०८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025

अझै जुटेन सहमतिः बुधबारसम्मका लागि प्रतिनिधि सभा स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविन वा राजीनामाको मुद्दा उठाउँदै संघीय संसदको प्रतिनिधि सभा बैठक विपक्षी दलहरुले अवरोध गरिरहेका छन् ।

विपक्षीको मागप्रति सरकारले कुनै चासो देखाएको छैन । दुवै पक्षले अडान नछोड्दा त्यसको बन्धन संसद भएको छ । 

आज बस्ने भनिएको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर