• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

पोखरामा प्रचण्डले गरे ‘प्रचण्ड कप भलिबल’ को उद्घाटन

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता - २०८२’ को उद्घाटन गरेका छन्।

पोखरामा आयोजना गरिएको उक्त प्रतियोगिता देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदै छन्। उद्घाटन समारोहमा प्रचण्डले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको विकासमा सकारात्मक भूमिका खेल्ने बताए।

साथै, उनले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उजागर, महिला सशक्तीकरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।  

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन विभागीय डर्बीले भएको छ। 

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर