अर्जेन्टिनाले खेल्यो बराबरी, उरुग्वेको जित

काठमाडौं । दक्षिण अमेरिकी देशहरुबीचको विश्वकप छनोट खेलमा साविक विजेता अर्जेन्टिनाले कोलम्बिया विरुद्ध बराबरी खेलेको छ । आज विहान सम्पन्न खेलमा १० खेलाडीमा सिमित अर्जेन्टिनाले एक एक गोलको बराबरी खेलेको हो ।
पहिलो हाफको २४औं मिनेटमा लुइस डियाजको गोलबाट कोलम्बियाले अग्रता लिएको थियो । दोस्रो हाफको ८१औं मिनेटमा अर्जेन्टिनाका लागि अल्माडाले बराबरी गोल फर्काए ।
दुई देशबीचको तनावपूर्ण खेलका क्रममा ७१औं मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेल रातो कार्ड खाएर मैदान छोड्न बाध्य भएका थिए ।
अर्को खेलमा उरुग्वेले भेनेजुएलालाई २–० गोलले हरायो भने । बोलिभियाले चिलीलाई पनि समान २–० गोलले नै पराजित गरेको हो ।
अंक तालिकामा १६ खेलबाट अर्जेन्टिना ३५ अंकसहित पहिलो, इक्वेडर २५ अंकसहित दोस्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस