• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

अमेरिकामा आप्रवासीको आन्दोलन चर्किदै, लस एन्जलसमा  कर्फ्यू

एजेन्सी । आप्रवासीको आन्दोलन चर्किदै गएपछि अमेरिकाको लस एन्जलसमा आंशिक कर्फ्यु जारी  गरिएको छ। लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यू जारी गरेकी हुन्।

लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनले नागरिक र सम्पत्तिको सुरक्षा दिन कर्फ्यू जारी गरिएको बताएका छन्।

प्रहरीका अनुसार आन्दोलनका क्रममा हालसम्म १९७ जनालाई नियन्त्रणमा लिएको छ।  लस एन्जलसमा आप्रवासीमाथिको धरपकडविरुद्ध भएको प्रदर्शन नियन्त्रण लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरेको छ। आप्रवासीमाथिको धरपकडविरुद्ध अमेरिकाका विभिन्न सहरमा पनि प्रदर्शन सुरू भएको छ।

क्यालिफोर्नियाका गभर्नर गेभिन नुजुमले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले १०औं संशोधनअन्तर्गत राज्य सरकारको अधिकारमा ‘अतिक्रमण’ गरेको आरोप लगाएको छ। 

ट्रम्प प्रशासनको जालमा नपरून् भन्दै यसअघि नै लस एन्जलसकी मेयर करेन बासले एक्समा पोस्ट गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आह्वान गरेकी थिइन्।

प्रदर्शनका क्रममा त्यहाँको सुरक्षा निकाय ‘नेसनल गार्ड’को तैनाथीका सन्दर्भमा क्यालिफोर्नियाका गभर्नर नुजुम र एलएका मेयर बासले निन्दा गर्दै परिस्थिति सम्हाल्न स्थानीय प्रहरी सक्षम रहेको जनाएका थिए। 

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले नेसनल गार्डको तैनाथी संघीय सरकारको क्षेत्राधिकार बाहिर रहेको र यसले १० औं संशोधनको उल्लंघन गरेको दाबी गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर