• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

एमाले अखिलमा ओली पक्ष र विपक्षमा उभिएका दुई प्यानल भिड्दै

काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकेा दल नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो। 

मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान ८ बजेबाट मतदान हुने तालिका थियो। यद्यपि मतदान सरेर आज बिहानबाट मात्रै हुने भएको हो। 

बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने बताइएको छ। उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ।

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन्। 

मैदानमा उत्रिएका कडरिया अध्यक्ष केपी अेाली नजिकका हुन् । उनलाइ सर्वसम्म निर्वाचित गराउन अेालीकाे निर्देशनमा निर्वाचन कमिटिले प्यानल प्रस्ताव गरेकाे थियाे । 

तर बन्दसत्र हलले अस्वीकार गरेपछि चुनावमा जान बाध्य भएकाे हाे । चुनावी मैदानमा संस्थापनलाइ धक्क दिन उत्रिएका पाैडेल अर्थमन्त्री विष्णु पाैडेल निजकका हुन् । जाे विद्यार्थीकाबीचमा चर्चितसमेत रहेकाे चर्चा छ । 

अर्थमन्त्री पाैडेले पछिल्लाे समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेकाे एमाले नेताहरू बताउँछन् । एमालेमा गुटकाे राजनीति प्रखर हुँदै गएकाे छ । 

एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी परेको छ।

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन्।

महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्।

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए।

राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने उनले बताए।

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ ।

अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर