• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

ट्रम्प र मस्कबिच फेरि मिलन !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कको माफी स्वीकार गरेका छन्। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार प्रेसलाई भने, 'राष्ट्रपतिले मस्कको पोस्टको प्रशंसा गरे। हामी अब अमेरिकाका जनतालाई ध्यान दिइरहेका छौं।'

मस्कको सरकारी सम्झौताको समीक्षाको बारेमा सोध्दा प्रेस सचिवले त्यस दिशामा अहिलेसम्म कुनै कदम नचालिएको बताए।

सीएनएनका अनुसार मस्कले जुन ९ को राति ट्रम्पसँग फोनमा कुरा गरेका थिए। यसअघि जुन ६ मा उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्सले मस्कसँग फोनमा कुरा गरेका थिए।

यस कुराकानीमा भान्सले मस्कसँगको विवाद अन्त्य गर्न पहल गरेका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर