• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

बालेनले नयाँ राजनीतिक दल खोल्न लागेका हुन् ?

काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ दल खाेल्न लागेकाे चर्चा नयाँ हाेइन । उनका कतिपय निकटस्थहरूले दिएकाे जानकारी अनुसार खुलेका नयाँ दलहरूका प्रमुखहरूसँग उनले निरन्तर परामर्श पनि नगरेका हाेइनन् । 

मधेशमा नयाँ दलका रूपमा उदाएकाे जनमत पार्टीका अध्यक्ष सीके राउतसँग बालेनले केही समय अघि नयाँ दल खाेल्दाका समस्या र अनुभव साेधेका थिए । राउतसँग मात्रै हैन उनले अनाैपचारिक रूपमा अन्य नेताहरूसँग दल खाेल्दा देखिने चुनाैती लगायतका विषयमा छलफल गर्ने गरेका छन् ।

अहिले एक पटक फेरि बालेनले पार्टी खेाल्न लागेकाे चर्चा सुरू भएकाे छ, त्याे पनि अमेरिकाबाट । लामो समयदेखि अमेरिकामा बस्दै आएका लोकगायक भगवान भण्डारीले लेखेको एउटा फेसबुक स्टाटसले राजनीतिक गसिपको बजार तताइदिएका छन् ।

उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहित भर्चुअल बैठक बसेर नयाँ पार्टी खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको दाबी गरेका छन् ।

करिब ६५ मिनेट लामो छलफलमा पार्टीको नयाँ नाम राख्ने र सुमना श्रेष्ठ संयोजक हुनेमा सहमति जुटेको भण्डारीले उल्लेख गरेका छन् ।

स्टाटस यस्तो छः
आज फेसबुक ग्रुपमा जोडिएर नेपालको राजनीतिको बारेमा निकै गम्भीर विषयमा कुराकानी भयो । राजनीतिलाई एकदमै नयाँ शिराबाट उठाएर पुराना भ्रष्टाचारीलाई विस्थापित गर्ने कुरामा सबै सहमत भए पनि हर्कजीको जिद्दी पन अलि बढी नै थियो । बालेन जी सोह्रै आना सहमत हुँदा सबैको समर्थन रह्यो । एक जना संयोजक र सबै सहसंयोजक रहने कुरामा पनि सबैको ताली बज्यो । सुमना श्रेष्ठ संयोजक हुने कुरामा केही असहमति देखिए पनि समग्रमा सबैको समर्थन रहेको पाइयो । पार्टीको नयाँ नाम राख्ने कुरामा सबै एकमत भएको पाएँ ! २० जना जोडिएर गरेको लगभग ६५ मिनेटको बहस पूर्ण सकारात्मक रहेको महसुस गरेको छु !’

यो स्टाटसमा अहिलेसम्म ९ सय भन्दा बढी प्रतिक्रियाहरू आएका छन् । भण्डारीको दाबी कसैले पत्याएका छन् त कसैले छैनन् । कतिपयले चाहिँ रास्वपामा विखण्डन ल्याउने उद्देश्यले भ्रामक प्रचार गरेको आरोपसमेत लगाएका छन् ।

उनले यस्ताे छलफलकाे तस्वीर तथा कुनै डकुमेन्ट भने साझा गरेका छैनन् । उनले भनेका अन्य कुनै पक्षा पनि नयाँ पार्टीबारे बाेलेकाे पनि छैनन् ।

अर्काे एक प्रशंगमा राताेपाटी अनलाइनले गरेकाे एक सर्वेक्षणमा भने बालेनलाइ अहिले विद्यमान नेताहरूमा सबैभन्दा धेरै मनपराइएकाे नेताकाे रूपमा छानिएकाे थियाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर