• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

भारतमा २४२ जना सवार विमान दुर्घटना

काठमाडौँ । भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । 

प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक मानव वस्तीमा दुर्घटना भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ 

विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो ।

हिन्दुस्तान टाइम्सले विमानस्थलमा कालो धुँवाको मुस्लो देखिएको जनाएका छ । विमानमा २४२ यात्रु सवार रहेकाे राेयटर्सले जनाएकाे छ । 

जसमध्ये १८३ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५२ जना, पोर्चुगलका ६ जना र क्यानडाका १ यात्रु रहेको आजतकले जनाएको छ ।

जसमा २ पाइलट र १० क्याबिन क्रु सदस्य रहेकाे बताइएकाे छ । 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको छ। उद्दारकार्य चलिरहेकाे लाइभ भिडियाेहरू भारतीय संचारमाध्यमहरूले प्रशारण गरिरहेका छन् ।

गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ। मृतकमा रूपाणीकाे पनि नाम देखिएकाे छ तर उनी मुख्यमन्त्री नै हुन् वा उही नाम भएका अन्य व्यक्ति हुन् भन्ने पुष्टि भइसकेकाे छैन । 

Visuals of #AirIndia plane crash. The plane crashed soon after take off from #Ahmadabad airport pic.twitter.com/NmxNrYlDxi

— Kashmir Convener (@KashConvener) June 12, 2025
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर