• २०८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025

इजरायल–इरान युद्धः ७८ जना मारिए, ३ सय ६० घाईते

काठमाडौं । इजरायलको आक्रमण र इरानको प्रत्याक्रमणले ती दुई देश युद्धको अवस्थामा पुगेका छन् । सतर्कता, विस्फोटन, हताहती र घाइतेहरु बढ्न थालेका छन् । 

इजरायलले गरेको आक्रमणमा अहिलेसम्म ७८ जनाको ज्यान गएको इरानले पुष्टि गरेको छ । यता इजरायलले भने ४० जना घाइते भएको बताएको छ । इरान तर्फ ३ सय २० जना घाइते भएकाे अलजजिराले जनाएकाे छ । 

इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले आक्रमणको पुष्टि गर्दै विज्ञप्ति जारी गर्‍यो।

यसैबीच, इजरायली राष्ट्रिय एम्बुलेन्स सेवाले तेल अभिभ महानगरीय क्षेत्रमा कम्तीमा पाँच जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर