• २०८२ असार २ सोमबार
  • Monday, 16 June, 2025

एशियन पेन्ट्ले सफलतापूर्वक “Colour Next 2025” को ‘रङ’ को रूपमा “Cardinal”  घोषणा

काठमाडौं ।  नेपालकै सबैभन्दा ठूलो पेन्ट कम्पनी, एशियन पेन्ट्स नेपालले आफ्नो वार्षिक कार्यक्रम “Colour Next 2025” भव्य रुपमा आयोजना गरेको छ, जसमा नामी आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सर (influencers), रचनात्मक तथा मिडिया क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता देखियो।

यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा वर्ष २०२५ को “Color of the Year” को रूपमा “Cardinal” रंगको घोषणा गरिएको हो, जसले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एशियन पेन्ट्सको नेतृत्व र प्रतिबद्धता झल्काउँछ।

विश्वव्यापी रूपमा रङ र फिनिशिङमा अग्रणी सोच निर्माण गर्ने एशियन पेन्ट्सले सन् २००३ देखि trend forecastको क्षेत्रमा काम गर्दै आएको छ। Colour Next, एशियन पेन्ट्सद्वारा हरेक वर्ष गरिने व्यापक अभ्यास हो, जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक-सांस्कृतिक प्रबिधिहरूको अध्ययन गरिन्छ र त्यसलाई Colour, Material, FinishesTexturesको नयाँ डिजाइन दिशामा रुपान्तरण गरिन्छ। यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला, र व्यापक द्वितीयक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्त्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्छ।

कार्यक्रमको सुरुवात श्री बुधदित्य मुखर्जी - क्षेत्रीय प्रमुख (ग्लोबल) ले नेपालमा डेकोर उद्योगमा डिजाइन, नवप्रवर्तन र रचनात्मक संवादलाई नेतृत्व दिने कम्पनीको प्रतिबद्धता दोहोर्याएर गर्नुभयो।

कार्यक्रमको अर्को विशेष आकर्षण थियो – Trend Forecast प्रस्तुति, जुन एशियन पेन्ट्सकी प्रिन्सिपल स्पेसलिस्ट – कलर, मरीशा रेगो डीसुजा द्वारा प्रस्तुत गरियो। उहाले २०२५ का लागि तीन प्रमुख डिजाइन प्रवृत्तिहरू सार्वजनिक गरिन्:

साल्ट (Salt)
फिल मोर (Feel More)
ब्याड टेस्ट (Bad Taste)

यी सबै  trendहरूले बदलिँदो जीवनशैली र त्यसले ल्याउने भावनात्मक तथा स्थानगत आवश्यकताहरूको सूक्ष्म व्याख्या गर्छन्। Cardinal-Colour of the Yearले  यी सबै trendहरूलाई समेट्दै भावनात्मक रूपमा समृद्ध, अनुभवमूलक र सोच उत्पन्न गर्ने स्थान निर्माण गर्ने सन्देश दिन्छ।


Colour Next 2025 मार्फत, एशियन पेन्ट्स नेपालले फेरि एकपटक सृजनात्मक अभिव्यक्तिको उत्प्रेरक, डिजाइन संवादमा अगुवा, र सजावट र घरको सौन्दर्यका लागि समग्र समाधान प्रदान गर्ने ब्रान्ड को रूपमा आफ्नो स्थान मजबुत पारेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर