फिफा क्लब वर्ल्डकपः मेसीको मायामीले अल अहलीसँग बराबरी

काठमाडौं । फिफा क्लब वर्ल्डकपको पहिलो खेलमा सकर लिग क्लब इन्टर मायामीले इजिप्टको क्लब अल अहलीसँग गोलरहित बराबरी खेलको छ ।
अमेरिकाको हार्डरक स्टेडियममा ५० हजार भन्दा धेरै दर्शकहरु उपस्थित खेलमा लियोनल मेसी नेतृत्वको मायामीले राम्रो प्रदर्शन गरेपनि गोल भने हुन सकेन र खेल गोलरहित बराबरीमा सकिएको हो ।
आज विहान भएको खेलमा मायामीले खेल भने ५६ प्रतिसत आफ्नो नियन्त्रणमा लिएको थियो । ४ अन टार्गेट सट हानेको मायामीले ५ अफ टार्गेट सट हानेको थियो ।
अल अहलीले पाएको एक पेनाल्टी भने मायामीका गोल रक्षक उस्तारीले बचाएका थिए ।
मायमीले दोस्रो हाफमा गोलको केहि प्रयास गर्यो । तर सफलता मिलेन । लियोनल मेस्सीको फ्रिकिक प्रहारमा बल जालीको बाहिर पट्टीको ठोक्कियो भने । परिवर्तित फाफा पिकोल्टले नजिकबाट गरेको प्रहारलाई अल अहलीका गोलकिपर मोहमद एल-शेनावीले मुस्किलले रोके।
खेलको अन्त्यतिर एल-शेनावीले अर्को बचाउ गरे । इन्ज्युरी समयको अन्त्यमा मेस्सीको प्रहारलाई डाइभ गर्दै जोगाए।
समूह ए मा ब्राजिलको पाल्मेरस र पोर्चुगलको एफसी पोर्टो छन् ।
सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको विजेतालाई समेटेर क्लब विश्वकप आयोजना गर्दै आएको थियो । यसपटकदेखि भने नयाँ संरचनामा क्लब विश्वकप हुँदैछ ।
प्रतियोगितामा विश्वभरका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । ८ समूहमा टोली विभाजन गरेपछि हरेक समूहका शीर्ष २ टोलीले नकआउट चरण खेल्दै फाइनलसम्म पुग्नेछन् ।
फिफाले विश्व फुटबलमा बलियो मानिएको युइएफएलाई १२ र दक्षिण अमेरिकाको कन्मेबललाई ६ स्थान दिएको छ । त्यस्तै ओसेनिया क्षेत्रबाट मात्र १ क्लबले विश्वकपमा स्थान बनाउने प्रावधान रहेको छ ।
एसिया, अफ्रिका र कन्काकाफबाट समान ४ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक राष्ट्र अमेरिकाबाट नियमित एमएलएस सिजनको विजेता इन्टर मायमीले पनि प्रतिस्पर्धा गर्ने अवसर पाएको हाे ।
प्रतिकृया दिनुहोस