• २०८२ असार २ सोमबार
  • Monday, 16 June, 2025

आन्दोलनको स्वरुप फेर्न रास्वपा थाल्यो सभामुखसँग परामर्श

काठमाडौं ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानविन समितिको मागको अडानमा रहेको संसदको चौथो ठूलो दल रास्वपाले आन्दोलनको प्रकृति बदल्ने तयारी स्वरुप सभामुख देवराज घिमिरेसँग परामर्श गरेको छ । 

कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबीच सोमबार बिहान छलफल भएको हाे । सभामुखको सरकारी निवास बालुवाटारमा भएको छलफलमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी थिए। 

सभामुख घिमिरेले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक बनेको भन्दै बजेटबारे ब्यापक छलफल गर्न संसद् सहज ढंगले सञ्चालनको लागि अर्याल र परियारलाई आग्रह गरेका छन्।  

राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको पनि उनले रास्वपाका नताहरुलाई सम्झाएका घिमिरेको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले पेलेरै संसद् चलाएपछि नयाँ ढंगले संसदमा विरोध गर्नुपर्ने निचोडमा पुगेको नेताहरू बताउँछन्। आइतबार पनि उसका सांसदले विरोध जनाएका थिए। तर, सभामुखले संसद् रोकेनन्। 

पहिलेदेखि रास्वपाले राखेको सर्त मान्न कांग्रेस—एमाले तयार छैनन्। तर, रास्वपासँगै जेठ १३ गतेदेखि विरोधमा उत्रिएको प्रतिपक्ष दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी समेत शुक्रबार (जेठ ३०) बाट पछि हटेका छन्। माओवादी कांग्रेससँग मिल्न गए पनि आफूहरू भिजिट भिसा प्रकरणलाई निष्कर्षमा पुर्‍याउने दाबी रास्वपाका नेताहरूको छ। 

संख्या थोरै हुँदा र त्यसको प्रभावकारिता नदेखिँदा आफ्ना माग बलशाली नहुने भय रास्वपाका नेताहरूलाई छ। 

अब यसको सुरक्षित अवतरण चाहेको एक सांसदले बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर