• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

प्रतिनिधिसभाको बैठक:रास्वपा र राप्रपालाई सभामुखले पेलेरै चलाउलान् ? 

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविनकाे माग गर्दै संसदकाे प्रतिनिधि सभा बैठकमा अवराेध सृजना गरिरहेका विपक्षी दलहरू रास्वपा र राप्रपा अझै सहमतिमा पुगेका छैनन् ।

उनीहरूकाे असहमति र अवराेधकाबिच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक चलाइरहेकाे छ । सभामुखकाे याे कदम आलाेचनाकाे विषय बन्न थालेकाे छ । 

आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ । 

सभामुखले यसरी पेलेर संसद चलाउनु भन्दा पनि सहमतिका लागि पहल गर्नुपर्ने विज्ञहरूकाे सुझाव छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर