• २०८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025

पाठकविरुद्ध साइबर ब्यूरोले फेरि निकाल्यो सूचना

काठमाडौं । जबरजस्ती पक्रउ गर्न खाेजिएपछि फरार रहेका पत्रकार दिलभुषण पाठकविरुद्ध साइबर ब्यूराेले फेरि अर्काे सूचना निकालेकाे छ । नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार पत्रकारपाठकलाई हाजिर हुन आउनु भन्दै सार्वजनिक सूचना निकालेको हाे।

ब्युरोले जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट दिलभूषणविरूद्ध पक्राउ पुर्जी लिएको थियो। त्यसविरूद्ध दिलभूषणले उच्च अदालत पाटनमा पनि निषेधाज्ञाको निवेदन दिएका थिए।

'दिलभूषण पाठकज्यू, प्रस्तुत विषयमा परिवर्तित नाम 'साइबर ब्यूरो ५९ (२०८१/८२)' को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा तपाईंविरूद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ,' सूचनामा भनिएको छ।

पत्रकार दिलभूषणले आफ्नो युट्युब च्यानलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिलटन होटलमा लगानी गरेको भन्दै सामग्री गरेपछि उनीविरूद्ध उजुरी परेको थियो।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले उनलाई तत्काल पक्राउ नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे दुवै पक्षलाई छलफलका लागि, अदालते असार ५ गते बोलाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर