• २०८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025

दोस्रो पटक स्थगित भएको तीन शीर्ष नेताको बैठक आज बस्दै

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको तीन दलका शीर्ष नेताको बैठक आज मध्यान्न बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको सचिवालयले दिएको जानकारी अनुसार दिउँसो २ बजेका लागि तीन दलका शीर्ष नेताको बैठक तय भएको छ । 

यसअघि दुईपटक मिति तोकेर पनि तीन शीर्ष नेताबीच भेटवार्ता हुन सकेन।

बिहीबार दिउँसो २ बजे एमाले, कांग्रेस र माओवादीका प्रमुख नेताबीच वार्ता हुने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो। यसअघि बुधबार हुने भनिएको छलफल पनि प्रचण्ड काठमाडौँ उपत्यकाबाहिर रहेकाले हुन सकेन। 

आज उनीहरूबीच भेटवार्ताका लागि तेस्रोपटक समय निर्धारण गरिएको हो। 

उनीहरूबीच प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् बैठक सञ्चालन गर्न सहमत भइसके पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा विरोध जारी राखेका छन्।

यी दुई विपक्षी दल भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडानमा छन्। माओवादी भने यो मुद्दा छाडेर सत्ता पक्षसँग मिलेको भन्दै आलोचना भइरहेको छ।  
प्रधानमन्त्री अेाली निजामती कर्मचारीमा कुलिङ पिरियड नराख्ने माेडमा पुगेका छन् । बैठकमा उनले अन्य दुइ नेतालाइ पनि साेही मुद्दामा एकमत बनाउन प्रयास गर्ने बताइएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर