कांग्रेसबाट निर्वाचित मेयर बस्नेतले १३ कराेड घुस खाएकाे ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर्याएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो।
विशेष अदालतले उनले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धिकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर) मा समेत दोषी ठहर गरेको छ। विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो ।
बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ। विशेषले मोहनबहादुर पत्नी उर्मिलालाई भने आरोपबाट सफाइ दिएको छ।
प्रतिकृया दिनुहोस