• २०८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025

इरान माथि अमेरिकी आक्रमण अमेरिकी बिश्व प्रणालीकै असफलता– ढकाल

काठमाडाैं । नेकपा माअेावादीका युवा नेता डीपी ढकालले इरानमाथि अमेरिकाले हमला थाल्नु अमेरिकी विश्व प्रणालीकै असफलता भएकाे बताएका छन् ।

अर्थ राजनीति तथा परराष्ट्र मामिलामा कलम चलाउने माअेावादीका केन्द्रीय सदस्य ढकालले विश्व आर्थिक सँकुचनलाइ हल गर्नकै लागि युद्धको साहारा लिने र मानवता बिरोधि गतिविधि गरिएकाे उनकाे तर्क छ ।

ढकालले भनेका छन्, 'इरान माथि इजरायल र अमेरिकाको आक्रमण पहिलो बिश्व युद्धपछि अमेरिकी नेतृत्वमा संचालित बिश्व प्रणालीको असफलता हो ! पछिल्लो दशकमा भैरहेको  बिश्व आर्थिक सँकुचनलाइ हल गर्नकै लागि युद्धको साहारा लिने र मानवता बिरोधि गतिविधि गर्नु पुजीवादको असफलता हो ! अमेरिकी नेतृत्वको बिश्व प्रणालि (world system) विघटनको दिशामा गैरहेको छ । यसलाइ जोगाउन मात्र बिगत केहि बर्षमा  युक्रेन रुस युद्ध, इजरायल हमास युद्ध  र अहिलेको इरान माथि गरिएको आक्रमणमा मात्र लाखौको नरसंहार भएको छ ! अमेरिकीहरुले सोचुन ! उनिहरुको नेतृत्वमा बिश्व प्रणाली जोगाइ राख्ने हो भने बिश्व शान्ति, बिश्वब्यापी समनता र साना देशहरुको सार्बभौमसत्ताको समाना गर्दै  केहि काम गरुन, होइन भने उनिहरुले बुझुन कि जसरी पहिले बिश्व युद्धले बेलायती नेतृत्वको बिश्व प्रणाली जोगाएन त्यसरी नै उनीहरुको नेतृत्वको बिश्व प्रणाली पनि युद्धले मात्र जोगिने देखिदैन ।'

ढकालले युद्धबाट विश्व प्रणाली जाेगाउने परम्परावादी साेच र विचार त्याग्न उनले अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर