गभर्नर पाैडेलकाे १५ करोडकाे सेयर, झण्डै एक कराेडकाे सुन, आधा कराेडकाे गाडी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले करिब साढे १५ लाख कित्ता सेयर/ऋणपत्रमा लगानी गरेका छन् ।

विभिन्न ७ वटा कम्पनीहरूमा आफ्नो र श्रीमतीको नामबाट १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर (१४ करोड ५ लाख ६७ हजार रुपैयाँ) बराबर सेयर लगानी गरेको पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उल्लिखित सेयरमध्ये सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण (प्रवर्द्धकबाट साधारणमा परिणत भएको) र बाँकी सबै प्रवर्द्धक सेयर रहेको पौडेलले प्रस्ट्याएका छन् । स्वआर्जन र पैतृक सम्पत्तिबाट उक्त लगानी गरिएको बताइएको छ ।

यस्तै, पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक/एक वटा घर र जग्गा रहेको छ भने ४५ तोला सुन, १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् । अहिलेको मूल्यअनुसार सुनको मूल्य करिब ८७ लाख रुपैयाँ बराबर हुन आउँछ ।

पौडेलले विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी करिब २७ लाख रुपैयाँ नगद निक्षेप राखेका छन् । ६ वटा वित्तीय संस्थामा निक्षेप खाता रहेकोमा तीन वटा आफ्नो र तीन वटा श्रीमतीको नाममा खोलिएको छ । तीमध्ये २ वटा डलर खाता रहेका छन् ।

श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि विवरणमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर