इन डर्माले मापदण्ड विपरितको भारतीय दुध भित्रायो, बालबालिकाको स्वास्थ्यमा खेलवाड !

काठमाडौं । भारतीय कम्पनी न्यूट्रिमेड डेरी एलएलपी हरियानाको मापदण्ड विपरितको दुध नेपालमा भित्राएर अनाधिकृत रुपमा विक्रि वितरण भईरहेको छ । 

नेपालमा इन डर्मा केयर प्रा.लीले आयात गरि नेपालमा विक्रिवितरण गरिरहेको दुध मापदण्ड विपरित रहेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी परेको छ । 

आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रिवितरण ऐन २०४९ मा यस्ता वस्तुहरु विक्रिवितरण गर्दा ऐनको दफा ११ मा लेवल लगाउने व्यवस्था गरिएको र त्यस्तो लेवलमा नेपाली भाषामा आवश्यक जानकारी हुनुपर्ने व्यवस्था छ । तर डर्माले विक्रिवितरण गरेको यस्ता कुनैपनि सूचना उक्त दुधको बट्टामा उल्लेख गरिएको छैन।  

यसरी अनाधिकृत रुपमा भारतीय दुधले नेपाली बालबालिकाको स्वास्थ्यमा समेत नकारात्मक हानी हुनेगरि दुध विक्रिगरेपछि उपभोक्ताले विभागमा उजुरी दिन लागेका हुन् । 

एक उपभोक्ताले विभागमा दर्ता गर्न ठिक्क पारेकोे उजुरी समाचार दैनिकलाई प्राप्त भएको छ । जसमा भनिएको छ, ‘यस्ता वस्तुको विक्रिवितरणमा रोक लगाइदिनुहुन यो निवेदन पेश गरेको छु ।’

इन डर्मा केयर प्रा.लीलाई समाचार दैनिकले यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर