• २०८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025

पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवाः एमालेले बोलायो पोलिटव्यूरो र केन्द्रीय कमिटि

काठमाडौं ।  नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।

बुधबार बसेको एमालेको ५३ औं सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको पार्टीका उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिए। 

एमालेको ५३ औं सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको बताए।  

उनका अनुसार साउन २ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय छ।

'पोलिटब्युरो बैठकमा भदौमा हुने विधान अधिवेशनबारे छलफल हुनेछ,' उनले भने, 'विधान अधिवेशनमा तीनवटा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको छ। प्रस्तावहरू अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गर्नेछन्।'

ओलीले राजनीतिक प्रस्ताव, पौडेलले विधान संशोधन र पोखरेलले संगठनात्मक प्रस्ताव पेस गर्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर