जनमत पार्टीमा लफडाः आफ्नै मुख्यमन्त्रीले ल्याएकाे बजेटमा अध्यक्ष सिकेकाे असन्तुष्टि

जनकपुरधाम । विभिन्न लफडा झेल्दै अघि बढेकाे मधेशकाे नयाँ दल जनमत पार्टीमा फेरि नयाँ विवादले प्रवेश पाएकाे छ। 

मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा छ। जनमत पार्टीकै सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर आगामी आर्थिक वर्ष २०८२,८३ का लागि मधेस सरकारले ल्याएको बजेटमा स्वयं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन्। 

राउतले बजेट जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरेर आएको भन्दै गम्भीर असन्तोष प्रकट गरिरहेका छन्। राउतले बिचौलिया र अन्य पार्टीमार्फत आएका कार्यक्रममा बढी बजेट र जनमत पार्टीले प्रत्यक्ष जनतासँग संवाद गरेर आएका योजनामा कम बजेट परेको भन्दै असन्तुष्टि जनाइरहेको उनको सचिवालयले जनाएको छ। 

राउतको असन्तुष्टि त्यत्तिमा सीमित छैन। उनले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२का योजनाहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाएका छन्।

राउतले मधेस सरकारले गरेका राजनीतिक नियुक्तिमा पनि असन्तुष्ट रहेको स्रोतले बतायो। विशेष गरी मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। 

मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनको पनि अवमूल्यन गरेकामा राउतको चित्त दुखाई छ। यस विषयमा राउतले पार्टीको संसदीय दल र सचिवालयमा छलफल गरिरहेका छन्।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर