इरानपछि इजरायलले थाल्यो लेवनानमा आक्रमण

काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार, इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको हो ।
त्यसैगरी अर्को घटनामा, शक्रा र बराचित गाउँहरूबीच सडक निर्माणका लागि प्रयोग भइरहेको एक बुलडोजरलाई अर्को ड्रोन आक्रमणले लक्षित गर्दा एक जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपतकालीन स्वास्थ्य कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
लेबनानी सुरक्षाकर्मीले सिन्ह्वालाई दिएको जानकारीअनुसार, दुबै मृतकहरू हिजबुल्लाहसँग सम्बद्ध थिए ।
यी घटनाहरू इजरायल र हिजबुल्लाहबीच नोभेम्बर २७, २०२४ देखि लागू भएको युद्धविराम सम्झौताका बावजुद भएका हुन् ।
सो सम्झौताले गाजा क्षेत्रमा भएको युद्धपछि करिब एक वर्ष लामो संघर्ष अन्त्य गराएको थियो । यद्यपि, इजरायली सेनाले हिजबुल्लाहबाट हुने सम्भावित खतरा हटाउने उद्देश्यले छिटपुट रूपमा लेबनानमा आक्रमण जारी राखेको दाबी गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस