ओलीले 'मदन भण्डारीका ४ वटी श्रीमती र सहकारी ठग' भन्ने कुरा किन सुनाए ?

काठमाडौं । सम्भवत अहिलेको राजनीतिक बृत्तका निक्कै कमलाई मात्रै यी कुरा थाहा थियो होला । अझ एमालेको आन्तरिक राजनीतिका पनि पुराना पुस्तमा मात्रै सिमित थियो होला यी दुई विषय ।
तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अहिलेको नयाँ पुस्तालाई पनि थाहा हुनेगरि एमालेका तत्कालिन महासचिव मदन भण्डारीबारे दुई गोप्य कुरा सुनाए ।
त्यो पनि मदनकै जन्मदिवसमा । एमालेको अध्यक्ष बन्ने लक्षसहित पूर्व राष्ट्रपति तथा मदन पत्नी विद्या भण्डारीले सार्वजनिक घोषणा गर्ने दिनमै । त्यसति मात्रै भनेनन् उनले मदन मण्डारीलाई खासमा महासचिव नै आफूहरुले बनाएको दावी गरे ।
ओलीको यी कुराले एमाले भित्र भने सानोतिनो तरंग नै सृजना गरेको छ ।
हिजाे शनिबार काठमाडाैं राष्ट्रिय सभा गृहमा भएकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन पनि लाञ्छनामुक्त नरहेको भन्दै पुराना कुरा कोट्याए। प्रधानमन्त्री ओलीले मदन भण्डारीविरूद्ध चारवटी श्रीमती विवाह गरेको र सहकारी ठगेर हिँडेको भन्नेसम्मको झूटा लाञ्छना लगाइएको प्रसंगसमेत कोट्टयाएका थिए।
‘एमाले निकै अप्ठ्याराहरूसँग जुध्यो। यसमाथि हमला, निन्दा, यसको विरोध, यसका नेताहरूको विरोध भइरह्यो। उसबेला पनि मदन भण्डारीलाई भनेकै हो–फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ? भनेकै हो। मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन। भूमिगत काम गरेको धेरै भएको थियो,’ उनले यसो भन्दै पुराना कुरा कोट्याउन थालेका थिए।
उनले अगाडि भने, ‘मदन भण्डारीका सन्दर्भमा धेरै लाञ्छना लगाइए, चरित्र हत्या गरिए। चारवटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो। यस्तो कुराहरू पनि बोलियो। यसको प्रमाण कसले खोज्न जाने होला? बोलियो! बोलियो अनेक दुर्वाच्य! अनेक बोलियो! सहकारीमा ठगेर हिँडेको आदि इत्यादि भनेर आरोप लगाइयो! सहकारीको ठग भनेर! कुनै आधार, साइनो, सम्पर्क केही पनि थिएन। कुनै सम्पर्क सम्बन्ध नभएका विषयमा शतप्रतिशत झूट, लाञ्छनाहरू लगाइए।’
‘अनेक सिलसिला चले? हामीले त्यसको सामना गर्दै गयौं। पार्टीमाथि असाधारण हमला भयो। त्यसको सामना गर्यौं,’ उनले भने।
कार्यक्रममा विद्यादेवी भण्डारीले आफू पार्टीकाे सक्रीय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।
विधान महाधिवेशनकाे संघारमा रहेकाे नेकपा एमालेमा यतिबेला ७० वर्षे उमेर हद् र दुइ कार्यकालकाे व्यवस्था विधानमा राख्ने कि नराख्ने भन्ने बहस छ ।
अध्यक्ष अेाली पक्षा याे व्यवस्था हटाएर पार्टी मूल नेतृत्वमा निरन्तरता दिन खाेजिरहेका छन् । तर भण्डारी पक्ष यी दुवै व्यवस्था विधानमा राखेर अेालीलाइ बिदा गर्ने र विद्या भण्डारीलाइ मूल नेतृत्वमा ल्याउने पक्षमा छन् ।
आउँदो भदौ २०–२२ गतेका निम्ति तय विधान महाधिवेशनमा यसअघि सचिवालय बैठकबाट निलम्बन गरेर केन्द्रीय कमिटीले गरेको त्यो अनुमोदनलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।
- एमालेकाे सक्रिय राजनीतिमा फर्किईन् विध्या भण्डारी (पूर्णपाठ)
- पोखरेलको चेतावनीः ‘पार्टी भित्रका द्धन्द विस्फोट हुनसक्छ’
- विद्या भण्डारीले आफ्नो कुरा सुनेर जान भनिन्, तर ओली उठेर हिंडे
भण्डारीको पुनरागमनले एमालेमा त उथलपुथल ल्याउने नै विष्लेशण गर्न थालिएकाे छ । 'त्यहाँ अब व्यापक ध्रुबीकरण हुने निश्चत छ । किनकि, यतिबेलाकी भण्डारी २०७२ की कमजोर उपाध्यक्ष होइनन् । उनी शक्तिशाली हुनेछिन् । अब उनलाई नेतृत्व मान्नेहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीविरुद्ध फरकमत दर्ज गर्न राखिरहेको हिचकिचाहट तोड्ने हिम्मत गर्न सक्छन् । एमालेको एघारौँ महाधिवेशन नजिकिँदै जाँदा यो क्रम तीव्र बन्न सक्छ,' विज्ञहरूले भनेका छन् ।
'कुनै पनि पार्टीमा नेतृत्वको मनोमानी बढ्दै गएपछि त्यसबाट पीडितहरूले वैकल्पिक नेतृत्व विकासका लागि प्रयत्न गर्छन् । कतिपय अवस्थामा पार्टी नै विभाजन हुन्छ । कतिपय अवस्थामा वैकल्पिक नेतृत्वको उदय हुन्छ । जस्तो कि, नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाबाट पीडित र असन्तुष्टहरूले शेरबहादुर देउवाको उदयलाई सघाएका थिए । २०५९ मा पार्टी नै विभाजन भएको थियो । एमालेमा पनि ओलीबाट पीडित र उनीसँग असन्तुष्टको समूह ठूलो छ । जसले गर्दा तिनले भण्डारीको आगमनलाई स्वागत गर्ने वा विरोध नगर्ने रणनीति लिन सक्छन् । त्यस्तो अवस्थामा उनलाई पार्टी नेतृत्वमा स्थापित गर्न सक्छ । यद्यपि, ओली पार्टीभित्र शक्तिशाली छन् । आफ्नो चाहनाको अनुमोदनका निम्ति उनले पार्टी सत्ता र राज्य सत्ताकै उपयोग दुरुपयोग गर्न सक्छन् । विधान संशोधन गर्न सक्छन् । त्यसैले एमालेको नेतृत्वमा भण्डारीको पहुँच कठिन भने हुनसक्छ । तर असम्भव होइन,' राजनीतिक विज्ञकाे तर्क छ ।
भण्डारीले शनिबारकाे कार्यक्रममा भनेकी थिइन्, ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीति यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु, अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्छॅ ।’
प्रतिकृया दिनुहोस