प्रशिद्धको सतक, परिमार्जन, रौनक र जोएको अर्धशत, इन्डोनेसियालाई विशाल लक्ष

काठमाडौं । नेपाली युवा ब्याटर चम्किँदा इन्डोनेसियाले विशाल लक्ष पाएको । नेपालका लागि प्रशिद्ध जैसीले सतक हान्दा रौनक श्रीवास्तव र जोए थापाले अर्धशतक पूरा गरे ।
एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज नेपाली युवा टोलीले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष दियो ।
मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा भएको खेलमा नेपालले पूरा ५० ओभर खेल्दा ५ विकेट गुमाएर ४२० रन बनाएको हो ।
नेपालका लागि प्रशिद्ध जैशीले ११४ बलमा १३२ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन, परिमार्जन यादवले २८ बलमा ७१ रन र जोए थापाले ५१ बलमा ५७ रन हाने ।
समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ।
समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ।
समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
तीन खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ। समूह चरणका तीन खेलमा हार भोगेको भुटान अंकविहीन रुपमा पुछारमा छ।
समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपाली टोलीले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो। इन्डोनेसिया भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा भुटानलाई ९ विकेटले पाखा लगाएको थियो। समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ।
प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्।
समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्। समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
प्रतिकृया दिनुहोस