• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

क्लब विश्वकपः पीएसजीविरुद्ध पराजित मायामी अन्तिम १६बाट बाहिरियो

काठमाडौं । कप्तान लियोनल मेसीको राम्रो प्रयासका बाबजुत बलियो टिम नहुँदा गएराति युरोपेली च्याम्पीयन पीएसजी विरुद्ध अमेरिकी सकर लिग टिम इन्टर मायामी कमजोर देखियो ।

पहिलो हाफमा मैदानमा हराएको टिमलाई पीएसजीले सजिलै ४ गोल हान्यो । दोस्रो हाफमा मेसीले केही आक्रमण गरे, टिमले सुधारिएको खेलेपनि मायामीले गोल गर्न भने सकेन । 

एटलान्टामा भएको प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा मेसीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ४–० को हार बेहोर्दै इन्टर मायामी प्रतियोगिताबाट बाहिरिएको हो।

अब पिएसजीले शनिबार हुने क्वार्टरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर