• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

ट्रम्प र नेतान्याहुविरुद्ध इरानकाे ‘फतवा’

एजेन्सी । इरानका सर्वोच्च शिया धर्मगुरु ग्र्यान्ड अयातुल्ला नासिर मकारिम शिराजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध एक धार्मिक फतवा जारी गरेका छन् ।

उनले यी दुवै जनालाई अल्लाहको दुश्मन बनाएका छन् । साथै विश्वभरका मुसलमानलाई एकजुट भएर इरानमाथि गरिएको आक्रमणमा यी दुवै नेतालाई पछुटाउन बाध्य पार्न अपीलसमेत गरेका छन् ।

मकारिम शिराजीले फतवामा भनेका छन्, ‘जो कोही पनि इरानका सर्वोच्च नेता या कुनै मरजालाई क्षति पुर्‍याउने वा धम्क्याउने कोशिस गर्छन् ती सबै युद्ध चाहने अपराधी हुन् ।’ फतवा इस्लामिक कानुनको व्याख्या हो । यसलाई मरजाका तर्फबाट जारी गरिन्छ । मरजा बाह्र इमामी शिया मुसलमानको उच्च धार्मिक पदलाई भनिन्छ ।

इरानले इजरायलसँगको युद्धविराममा शंका व्यक्त गरेको छ । इरानका चीफ अफ स्टाफ अब्दोलरहीम मुसवीले आइतबार साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानसँग टेलिफोनमा कुराकानी गर्दै भनेका छन्, ‘दुश्मन (इजरायल)सँग भएको युद्धविरामबारे हामीलाई शंका छ । यदि फेरि आक्रमण भयो भने त्यसको कडा जवाफ दिनेछौं ।’

मूसवीले इरान अमेरिकासँग परमाणु वार्तामा व्यस्त भएका बेला इजरायलले आक्रमण गरेको र त्यसमा अमेरिकाले सहयोग गरेको बताएका छन् । दुवै देश अन्तर्राष्ट्रिय कानुनको पालना नगर्ने उनको भनाइ छ । इजरायल–इरानबीच चलेको १२ दिनको संघर्षपछि २४ जनुमा युद्धविराम भएको थियो ।

यस लडाइँमा इरानमा ६१० र इजरायलमा २८ जना मारिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर