• २०८२ असार १९ बिहीबार
  • Thursday, 3 July, 2025

फिफा क्लब विश्वकपः रियल र डर्टममुन्ड क्वाटरफाइनलमा

काठमाडाैं । फिफा क्लब विश्वकपकाे क्वाटरफाइनलमा पुग्ने थप दुइ टिमकाे टुंगाे लागेकाे छ । बुधबार बिहान भएकाे खेलमा जर्मन क्लब बाेरूसिया डर्टमुन्ड र स्पेनिस क्लब रियल म्याड्रिड अन्तिम १६ काे स्थान पक्का गरेका हुन् ।

रियलले इटालिन टोली युभेन्टसलाई पराजित गर्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

अमेरिकाको हार्ड रक स्टेडियममा रियलले युभेन्टसलाई १-० ले हरायो । गोन्जालो गार्सियाको गोलमा रियल विजयी भएको हो। २१ वर्षीय गार्सियाले ५४ औं मिनेटमा हेडरमार्फत गोल नै खेलको निर्णायक बन्यो ।

रियलले अब सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डटमण्डकाे सामना गर्नुपर्नेछ ।

 बुधबार विहान सकिएको अन्तिम १६ को खेलमा जर्मन क्लब डर्टमुन्डले इटालियन क्लब मोन्टेरेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमुन्डको जितमा दुवै गोल सरु गुएरासेले गरेका थिए । मोन्टेरोका लागि भने जर्मन बर्तरामले गोल गरे । सरुले खेलको १४औं र २४औं मिनेटमा गोल गर्दै डर्टमुन्डलाई २-० ले अघि राखेका थिए ।

खेलको ४८औं मिनेटम बर्तरामले गोल गर्दै मोन्टेरेलाई खेलमा फर्काउने प्रयास गरेपनि जित दिलाउन सकेनन् । डर्टमुन्ड २-१ को जितसहित अन्तिम ८ मा पुगेको हो । अब क्वाटरफाइनलमा डर्टमुन्डले रियल मड्रिडसँग खेल्नेछ ।

डर्टमुन्डको जितसँगै क्लब विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा बोरुसिया डर्टमुन्ड, रियल मड्रिड, बायर्न म्युनिख, पीएसजी, अल हिलाल, फ्लुमिनेस, चेल्सी र पाल्मेइरासले स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड, बायर्न म्युनिख र पीएसजी, अल हिलाल र फ्लुमिनेस तथा चेल्सी र पाल्मेइरास खेल्ने छन् । क्लब विश्वकपको फाइनल खेल जुलाई १० मा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर