• २०८२ असार १९ बिहीबार
  • Thursday, 3 July, 2025

सच्याएर पास गर्नुपर्ने विवादित संघीय निजामती विधेयक राष्ट्रिय सभामा टेबुल

काठमाडौं । बहु चर्चित तथा विवादित संघीय निजामती विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले निजामती विधेयक प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।

राज्य व्यवस्था समितिबाट सर्वसम्म पारित हुँदा जालझेल भएको प्रतिनिधि सभाले समेत स्वीकारेको भन्दै उक्त विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले विरोध जनाएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले प्रतिनिधि सभाबाट संघीय निजामती कर्मचारी विधेयक पारित गर्दा दुई वर्षीय कुलिङ पिरियड हटाइएको भन्दै विरोध गरेका छन् । यसबारे राज्य व्यवस्था समितिमा पनि चर्काचर्की भएकाे छ ।

सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत् पारित दुई बर्से कुलिङ पिरियडमाथि नै चलखेल गरेर हटाउन संलग्नलाई पहिचान गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

विधेयक पारित गर्दा कसरी चलखेल भयो भनेर सांसदहरूले प्रश्नसमेत गरेका छन् । केही सांसदले त कानुन निर्माणमा किर्ते गर्नेलाई संसदीय छानबिन समिति गठन गरी कारबाही गर्नसमेत माग गरे ।

समितिकाे बुधबारकाे बैठकले यसबारे छानवनि गर्न समामुखलाइ अनुराेध गर्ने र सच्याएर पास गर्न राष्ट्रिय सभालाइ अनुराेध गर्ने निर्णय गरेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर