आजको राशिफलः मनमा दोधार हुन सक्छ

मेष: श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ कार्यको अवसर मिल्ला। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: कुनै कुराले मनमा शान्ति छाउनेछ। अधुरो र आँटेको कार्य पूरा होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल देला।
भाग्यशाली रङ सेतो र अङ्क ५५ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मिथुन: सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
कर्कट: शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। साँझमा आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।
सिंह: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। शत्रुपक्ष हाबी हुन सक्छ। सरकारी निकायको भय रहला। साँझबाट दैनिकी सहजै सम्पन्न हुनेछन्। शुभकार्यको योजना बन्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: सुखदुःख बराबरी रहनेछ। नयाँ काम वा रोजगारी पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। आकस्मिक धनलाभको योग छ।
भाग्यशाली रङ आकासे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निमुखा प्राणीलाई खानेकुरा दिने।
तुला: जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्ने र सरुवा/बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। उत्तर दिशा नजाने।
वृश्चिक: आत्मबलमा कमी आउनेछ। अध्ययन तथा अध्यापनमा बढी नै समय लगानी गर्नुपर्ने देखिन्छ। प्रेममा मनमुटाव आउला। मनमा दुविधा उत्पन्न हुनेछ। बुद्धिले काम नगर्न सक्छ, अतः सचेत रहनु होला।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: रोकिएका काम पुनः सुरु हुन सक्छन्। सहयोगी हात अघि बढ्नेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
मकर: कार्यसिद्धिको योग छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। वैदेशिक क्षेत्रको काम सकारात्मक रहनेछ। व्यवसाय फस्टाउनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निलो रङको प्रयोग नगर्ने। झुट नबोल्ने।
कुम्भ: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको साथ र सहयोग मिल्ला। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्ला।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६१, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।
प्रतिकृया दिनुहोस