आजको राशिफल: उपचार खर्च बढेर जानेछ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथीसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडी बढ्न सहज हुनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा र मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्य धारण गर्नुहोला । नचाहँदा नचाहँदै पुराना सम्झौताहरू भङ्ग गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि कृषि, पशुपालन तथा पुर्खौली पेसाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । परिवारका साथ घुमफिरमा समय व्यातित हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । तर पनि सवारी साधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामीप्य बढ्ने तथा पति पत्नी बिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । परिवारका साथ रमाइलो ठाउँको भ्रमण गरी मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । तर पनि परिवारका साथ रमाइलो यात्रा हुने तथा खानपान र मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्राकृतिक स्रोत तथा पैतृक धन सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेको छ । कार्य क्षेत्रमा अरूको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरू हाबी हुनेछन् । व्यापारमा मन्दी आउनेछ । प्रेममा नजिक हुने समय रहे पनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पारिवारिक माहोलामा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने र यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
प्रतिकृया दिनुहोस