• २०८२ असार २२ आइतबार
  • Sunday, 6 July, 2025

उज्वेकिस्तानविरुद्ध साम्बाकाे ह्याट्रिक, तर पेनाल्टी मिस

काठमाडाैं । नेपालले एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग पराजित भयाे । पहिलो हाफसम्म ३–१ ले पछाडि परेको अवस्था उल्ट्याएर ३–३ गाेलकाे बराबरी गरेकाे नेपाल पेनाल्टीमा पुगेकाे थियाे ।

दोस्रो हाफको ३० मिनेट बित्दासम्म नेपालले २ गोल थप्दै खेल ३–३ को बराबरी गरेको थियाे । उज्वेकिस्तान १० खेलाडीमा खेलिरहेको थियाे । एक एज्वेक खेलाडीले दाेहाेराे पंहेलाे कार्ड खाँदै मैदान छाेड्नुपरेकाे थियाे ।

नेपालबाट तीनै गोल कप्तान सावित्रा भण्डारीले गरेकी हुन् । उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् । लाओसविरूद्ध ५ तथा श्रीलंकाविरुद्ध उनले ३ गाेल गरेकी थिएन् ।

तर साम्बा गएरातिकाे पेनाल्टी सुटमा भने चुकिन् । एसियन कप खेल्नका लागि नेपालले उज्वेकिस्तानलाइ हराउनै पर्ने थियाे । तर पहिलाे पेनाल्टी नै साम्बाले मिस गरेपछि अन्य खेलाडी दबाबमा परेका थिए ।

भलै अन्य २ खेलाडीले गाेल गरे भने अन्तिम प्रहार गरेकी गाेल किपर अन्जना रानामगरले पनि गाेल गर्न सकिनन् । साम्बाकाे प्रहार पाेलमा लाडेर बाहिरिएकाे थियाे भने अन्जनाकाे प्रहार विपक्षी गाेलकिपरले असफल बनाइदिइन् ।

 उज्वेकिस्तानले ४–२ गोलले पेनाल्टीमा नेपाललाई हराएर एसियन कप खेल्ने बाटो तय गरेको हो ।  खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो।   

खेलको २४ औं मिनेटमा नेपालले गोल फर्कायो। रश्मि कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो। नेपालले खेललाई २-१ मा पुर्यायो। तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएफछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो। मातफुना सोयिमोभाले गोल गरिन्। उज्वेकिस्तानले ३-१ को अग्रता बनायो।   

पहिलो हाफको इन्जुरी समयमा साम्बालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदसन बाहिरिन्। उज्वेकिस्तान १० जनामा समेटियो। दाेस्राे हाफमा नेपालले उज्वेकिस्तान १० खेलाडीमा सिमित भएकाे फाइदा उठाएर बराबरी गाेल फर्काएकाे थियाे । तर पेनाल्टी नेपालकाे पक्षामा रहेन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर