लिग्स कपः डि पलको डेब्यु खेलमा मायामीले एटलसलाई हरायो

काठमाडौं । एथ्लेटिको मड्रिडबाट सकर लिग खेल्न इन्टर मायामी पुगेका अर्जेन्टिनाका स्टार मिडफिल्डर रोड्रिडो डि पलको डेब्यु खेलमा मायामीले जित हात पारेको छ ।
आज विहान भएको लिग चरणकाे पहिलाे खेलमा मायामीले मेक्सिकन टिम एटलस एफसीलाई २–१ गोलले पराजित गरेको हो ।
मायामीको जितमा खेलको दोस्रो हाफमा सेगोभिया र मार्सेलोले एक एक गोल गरे । यी दुवै गोलमा कप्तान लियोनल मेसीले पास मिलाएका थिए ।
एटलसले दोस्रो हाफको ८०औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएपनि अन्तिम ९६औं मिनेटमा गोल खाएपछि हार बेहोरेको हो ।
खेलमा पकड पनि मायामीले नै बनाएको थियो । ५५ प्रतिशत खेल नियन्त्रणमा राखेको मायामीले १९ प्रहार गर्दा ५ प्रहार टार्गेटमा हानेको थियो ।
खेलमा मेसी नै म्यान अफ द म्याच घाेषित भए ।
प्रतिकृया दिनुहोस