सुर्यविनायकमा ५० हजार अट्ने रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरेका छन् ।
फिफा फुटबल फर स्कुल कार्यक्रमको आज काठमाडौं दशरथ रंगशालामा उद्घाटन गर्दै उनले रंगशाला निर्माणको काम छिटै थालिने बताए ।
प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गरेका हुन् ।
प्रतिकृया दिनुहोस