मेसीको २ गोलः मायामीले मोन्टेरियललाई सजिलै हरायो

काठमाडौं । फिफा क्लब विश्वकपमा पिएसजीसँग भोगेको पराजय पनि घर फर्किएको अमेरिकन सकर लिगक क्बल इन्टर मायामीले घरेलु लिगमा आकर्षक कमब्याक गरेको छ ।
आज विहान भएको खेलमा मेसी नेतृत्वको मायामीले मोन्टारियललाई ४ गोल हान्दा मेसीको योगदान २ गोलको रह्यो ।
सुरुवाती दोस्रो मिनेटमा नै गोल खाएर पछि परेको मायामीले पहिलो हाफमा नै २ गोल गर्दै अग्रता दोब्बर बनायो ।
दोस्रो हाफमा थप २ गोल थपेपछि मायामी सहज अवस्थामा खुेल टुंग्याउन पुग्यो । मायामीका लागि मेसीले ४० र ६२औं मिनेटमा आकर्षक एकल प्रयासका गोलहरु गरेका थिए ।
सकर लिग तालकिामा १७ खेल खेलेर ३२ अंकसहित मायामी छैटौं स्थानमा छ । २१ खेल खेलेको सिन्सीनेटी ४२ अंकसहति पहिलो स्थानमा छ ।
प्रतिकृया दिनुहोस