बिल नदिने व्यापारिक फर्मलाई कारबाही गर्दै वाणिज्य विभाग

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बस्तु तथा सेवा दिएवापत बिल नदिने व्यवापारीक फर्म तथा उद्योगहरुमाथि कारबाही गर्ने भएको छ ।
विभागले आज एक सूचना जारी गर्दै उपमोक्ता संरक्षण ऐनको दफा ११ बमोजिम ‘उपभोग्य वस्तु बिक्रि गरेपछि त्यसको बिल दिनुपर्ने’ नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
यसरी बिल माग गर्नेलाई कतिपय विक्रेताले अतिरिक्त शुल्क माग गर्ने गरेको, कतिपयले आलटाल गरेर कर छल्ने गरेको तथा कतिपयले अतिरिक्त मुल्य लगाउने गरेकाले उपभोक्ताको अधिकारलाई ध्यानमा राखेर विभागले बिजबीजकमा कडाई गर्न लागेको हो ।
यसअघि विभागले बस्तुहरुमा एमआरपी टाँस गरे नगरेको हेर्ने र नटास्नेलाई कारबाही गर्दै आएको थियो ।
विभागले आजको सूचनापछि देशभर यसको अनुगमन तिब्र बनाउने र कानुन अनुसार नचल्ने र उपमोक्ता ठग्न खोज्ने व्यापारिक फर्म तथा घरानाविरुद्ध अनुगमन र कारबाही गर्ने तयारी गरेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस